काठमाडौँ । यातायात व्यवस्था विभागले ४८० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ। सोमबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत छापिएका लाइसेन्सबारे जानकारी दिएको हो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स प्रिन्टर मेसिनमा क्षति पुगेपछि एक महिनायता सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छापिँदै आएको छ। आगजनीबाट विभागको सर्भरमा समेत क्षति पुगेको थियो, जसकारण लाइसेन्स छापिएपछि एसएमएस मार्फत जानकारी दिने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएको छ।
लाइसेन्स प्राप्त गर्नको लागि सवारी चालक अनुमतिपत्र आवश्यक परेमा भौतिक रुपमा तथा अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था रहेको विभागले जनाएको छ।


