काठमाडौँ । श्रम संस्कृति पार्टीका सभापति र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टीले चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन्।
आज काठमाडौँको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले आफ्नो पार्टीको घोषणापत्रमा यसो भनिएको बताए। उनले भने, “हाम्रो विचार अनुसारको राज्य पनि हुनु आवश्यक छ, र हामीले घोषणापत्रमा नै लेखेका छौं कि हामी नै जित्छौं, कुनै शंका छ? हामीले नै सरकार गठन गर्छौं।”
साम्पाङले जेनजीको आन्दोलनका लागि आयोग गठन गर्ने योजना पनि प्रस्तुत गरे। उनले भने, “हामी जेनजीको माग सम्बोधन गर्न आयोग बनाउने छौं। जेनजीले के चाहन्छ भन्ने बुझ्न जरूरी छ। ८० वर्षको पुस्ता र आजको युवा पुस्ताले भनेको कुरा एउटै होस् भन्ने छैन, त्यसैले हामीलाई आयोगमार्फत बुझ्नुपर्छ।”


