झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन, वीरेन्द्र दासका अनुसार, पछिल्लो तीन वर्षमा एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि भएको छ। २०७९-८० आर्थिक वर्षमा १७, २०८०-८१ मा २३ र २०८१-८२ मा ३५ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

उनका अनुसार, उपचारमा आउने बिरामीहरूले औषधि नखाउने दर शून्यको नजिक पुगेको छ, तर मृत्युदर भने बढिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन्। यस मध्ये चार जना दमक अस्पताल र १८ जना मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन्।

झापामा हालसम्म ८०६ जना एचआइभी सङ्क्रमितले नियमित एआरटी सेवा लिइरहेका छन्। यसमा १८ वर्षमुनिका ३० जना बालबालिका पनि छन्। स्वास्थ्य कार्यालय र लवकुश आश्रमले १८ वर्ष मुनिका बालबालिकालाई प्रतिमहिना एक-एक हजारको सहयोग पनि गर्दै आएको छ।

झापामा २०७९-८० मा नयाँ ७० र पुरानो ६६३ जना, २०८०-८१ मा नयाँ ७४ र पुरानो ७५० जना, र २०८१-८२ मा नयाँ ५६ र पुरानो ७८४ जना एचआइभी सङ्क्रमित उपचाररत रहेका छन्।

प्रकाशित: सोमबार, मंसिर २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय