काठमाडौँ :- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको प्रतिस्पर्धामा कर्णाली याक्सले जनकपुर वोल्ट्सलाई १३० रनको लक्ष्य दिँदै पहिलो इनिङ्स सम्पन्न गरेको छ। प्ले अफको दाउबाट दुवै टोली हटिसकेकाले उनीहरू आजको खेल प्रतिष्ठाका लागि मात्र भिडिरहेका छन्। कर्णाली र जनकपुर दुवैले अहिलेसम्म प्रतियोगितामा १–१ खेलमा मात्र जित हात पारेका छन्।
टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएको जनकपुर वोल्ट्सले कर्णालीलाई ब्याटिङका लागि पठाएको थियो। निर्धारित ओभरको खेल पूरा गर्दै कर्णालीले ९ विकेट गुमाएर १२९ रन जोड्न सफल भयो। अब जनकपुर वोल्ट्सलाई जितका लागि १३० रनको लक्ष्य पछ्याउनु पर्नेछ।


