राष्ट्रिय परीक्षा बोर्डले एसईईमा सहभागी हुने लागि १४ वर्ष उमेर पुरा गर्नुपर्ने व्यवस्था

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा गरेका विद्यार्थीलाई मात्र एसईई परीक्षामा सहभागी हुन अनुमति दिने व्यवस्था गर्नका लागि देशभरका विद्यालयमा सर्कुलर जारी गरेको छ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले सर्कुलरमा उल्लेख गर्दै, जन्ममितिमा संशोधन गर्ने प्रावधान रहेकाले यदि विद्यार्थीको उमेर पूरा नभएको खण्डमा त्यसलाई संशोधन गरेर परीक्षा आवेदन फाराम भर्न सकिने जानकारी दिएका छन्।

बोर्डले २०८२ को एसईईमा सहभागी हुने विद्यार्थीहरूको परीक्षा आवेदन फाराम र २०८३ को परीक्षामा सहभागी हुने कक्षा ९ का विद्यार्थीहरूको रजिस्ट्रेशन फाराम दर्ता प्रक्रिया सुरु गरेको छ।

प्रकाशित: आइतबार, मंसिर २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय