सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य शुक्रबारको तुलनामा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २ सय र चाँदीको मूल्य ३ हजार ६०५ कायम गरिएको छ।

शुक्रबारको मूल्यमा भने, एक तोला सुन २ लाख ५२ हजार ४ सय र चाँदी ३ हजार ५५५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारका अनुसार, आज एक औंसे सुनको मूल्य ४ हजार १९८ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: आइतबार, मंसिर २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय