बढ्यो अलैँचीको निर्यात

काठमाडौँ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो ।

चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु एक अर्ब ९० करोड दुई लाख बराबरको अलैँची निर्यात भएको थियो ।

प्रकाशित: शुक्रबार, मंसिर १९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय