काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एक रोमांचक खेल हुने भएको छ।
त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र आरिफ शेखको मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
तालिकामा चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफमा प्रवेश गर्नको लागि प्रतिस्पर्धा गरिरहेका छन्। लुम्बिनीले ६ खेल खेलेर ६ अंक जुटाएर चौथो स्थानमा छ भने जनकपुरले ५ खेलमा केवल २ अंक मात्र जोडेको छ।
आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ, जबकि जनकपुरको विजयपछि अन्य खेल र रनरेटको आधारमा निर्णय हुनेछ।


