काठमाडौं उपत्यकामा लामो दूरीका सवारी साधनलाई तोकिएको बसपार्कबाट मात्र छुट्ने नयाँ व्यवस्था

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अब अनिवार्य रूपमा तोकिएका बसपार्कबाट मात्रै छुट्ने व्यवस्था लागू गरिएको छ। उपत्यकामा दिनहुँ बढ्दै गएको ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ नियम लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

पछिल्ला दिनमा लामो दूरीका सवारी साधनहरूले स्थानीय बसझैँ सडक किनारमै रोकेर यात्रु चढाउने–ओराल्ने प्रवृत्ति बढेपछि विशेषगरी ‘पिक आवर’मा सडकमा भीडभाड र जाम बढ्ने गरेको ट्राफिक प्रहरीले उल्लेख गरेको छ। त्यसैगरी, लामो दूरीका सवारी साधनलाई दिँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्न आवश्यक देखिएकोले ट्राफिक कार्यालयले सम्बन्धित निकायहरूलाई आवश्यक पहलका लागि अनुरोध गरिसकेको जनाएको छ।

प्रकाशित: बिहिबार, मंसिर १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय