पशुपतिनाथ मन्दिरभित्रको फलामे बार हटाइयो

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको फलामको बार हटाइएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिरलाई व्यवस्थित गर्ने प्रयासअन्तर्गत बार हटाइएको हो, र यस कदमको धेरै भक्तजनले स्वागत गरेका छन्।

कोषले थप जानकारी दिँदै भनेको छ कि मन्दिरभित्र बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल र प्रसाद नचढाइने जस्ता विकृतिहरू पनि हटाउन पहल गरिनेछ। पुरातत्त्व विभागले विश्वसम्पदा क्षेत्रमा यस्ता संरचनाहरू राख्दा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै पत्राचार गरेका थिए।

पुरातत्त्व विभागका प्रमुख सन्दीप खनालको पत्राचार पछि कोषले तत्काल फलामको बार हटाएको हो।

प्रकाशित: बिहिबार, मंसिर १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय