एनपीएलमा लुम्बिनी लायन्सको टस जित, विराटनगरविरुद्ध पहिले बलिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ब्याटिङभन्दा बलिङ रोज्दै विराटनगरलाई पहिले रन बनाउन निम्तो दिएका छन्।

विराटनगर ५ खेलमा ४ जितसहित ८ अंक जोडेर प्लेअफ नजिक पुगेको छ। आजको खेलमा जित हात पारे विराटनगरको प्लेअफ यात्रा पक्का हुनेछ।

टिममा स्टार ब्याटर फाफ डुप्लेसीको समावेशले विराटनगरको शीर्ष क्रम थप बलियो बनेको छ। उनी शेहान जयसूर्याको स्थानमा खेल्दैछन्।

लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ। आईएल टी–२०का लागि दुबई फर्किएका गुल्बादिन नाइबको स्थानमा जेजे स्मिथ टोलीमा सामेल भएका छन्।

लुम्बिनीले अहिलेसम्म ५ खेलमा २ जित निकालेर ४ अंक जोडेको छ। बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा रहेको लुम्बिनी आज पराजित भएमा प्लेअफको सम्भावना निकै सानो मात्र रहनेछ।

प्रकाशित: बुधबार, मंसिर १७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय