आइतबार, भाद्र २८, २०८३
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडौँ । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार ललितपुरको भनिमण्डल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

शाक्यमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुग्ने गरी सञ्चालित गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ।

यसअघि सोही प्रकरणमा सीआईबीले प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित: बुधबार, मंसिर १७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय