मुख्यमन्त्री यादवले प्रदेशसभामा घोषणा गरे राजीनामा

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्।

बुधबार मधेश प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्री पद जिम्मेवारीबाट अलग हुने घोषणा गरे।

यादवले आफ्नो राजीनामासम्बन्धी पत्र प्रदेश प्रमुखसमक्ष बुझाउने प्रक्रिया अघि बढाइने जानकारीसमेत दिए।

उनको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सत्ता समिकरण र नेतृत्व परिवर्तनको चर्चा तीव्र बनेको छ।

 

प्रकाशित: बुधबार, मंसिर १७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय