अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा जनचेतनामूलक डकुमेन्ट्री निर्माण गर्ने बहानामा नक्कली काम देखाई सरकारी रकम हिनामिना गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

आयोगले अनुसन्धानमा नगरपालिकाले वार्षिक स्वीकृत कार्यक्रम र बजेट बिना नै बदनियतपूर्ण ढङ्गले ‘सरिता फाउन्डेसन’ नामक संस्थालाई डकुमेन्ट्री बनाउन दिएको खुलेको जनाएको छ । सम्झौता विपरीत जनचेतनामूलक सन्देशको साटो नगर प्रमुखको गुणगान गाएको भिडियो बनाएको, सो भिडियो कतै प्रसारण समेत नभएको र नक्कली कागजात खडा गरी ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगको भनाइ छ ।

प्रकाशित: मंगलबार, मंसिर १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय