एम्बुलेन्स दुर्घटनामा घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका-६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनामा घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । दुर्घटनामा सवारी चालक सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए ।

हतुवागढी गाउँपालिकाको प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको एम्बुलेन्स बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ । घाइतेलाई तत्काल काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिएका छन् ।

प्रकाशित: मंगलबार, मंसिर १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय