स्वास्थ्य मन्त्रालयद्वारा एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन सूचना जारी गरेको छ। मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै, मङ्सिर २१ गतेभित्र सेवा प्रदायक संस्थाहरुलाई आफ्नो एम्बुलेन्स र शववाहनको विवरण मन्त्रालयको इमेल ठेगानामा पठाउन अनुरोध गरेको छ।

नेपालमा एम्बुलेन्स र शववाहन सेवाको एकीकृत प्रणालीलाई सुदृढीकरण गर्दै प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री सेवा प्रदान गर्न मन्त्रालयले यो कदम चालेको बताएको छ।

प्रकाशित: मंगलबार, मंसिर १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय