अनिल शाह–माज सदाकतको उत्कृष्ट अर्धशतकमा जनकपुर बोल्ट्सको पहिलो जित

काठमाडौँ । अनिल शाह र माज सदाकतको चम्किलो अर्धशतकसँगै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित दर्ता गरेको छ। लगातार चार खेलमा जित हात नपरेका जनकपुरले यो जितसँगै आफ्नो खराब सुरुवातमा सुधार ल्याएको छ।

चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो। माज सदाकत र अनिल शाह दुवैले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे, जसले टीमलाई सहज जित दिलायो।

प्रकाशित: मंगलबार, मंसिर १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय