आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै

काठमाडौँ । आज विश्वभरि अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ।

यस दिवसको मुख्य उद्देश्य मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह र बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्ने जस्ता दासत्वका आधुनिक स्वरूपहरू विरुद्ध जागरूकता फैलाउनु हो।

संयुक्त राष्ट्रसंघले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन र यौन शोषणको विरोधमा महासभा प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने परंपरा छ।

प्रकाशित: मंगलबार, मंसिर १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय