पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार पोखरामा एकता सभा आयोजना गरेको छ। पोखरा चिप्लेढुंगास्थित मानव अधिकार चोकमा भएको यस एकता सभामा प्रमुख नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
नेकपाको योजनाअनुसार प्रत्येक प्रदेशमा एकता सभा गर्ने क्रममा पोखरामा तेस्रो सभा आयोजना गरिएको हो। यसअघि, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पनि एकता सभा सम्पन्न भएका थिए । नेताहरूले पार्टीको एकता र आगामी योजनाबारे पार्टी समर्थकलाई सम्बोधन गरेका थिए ।






