काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई नितान्त फरक र नीति प्रधान कम्युनिस्ट पार्टी भएको दाबी गरेका छन्। आज पोखरामा आयोजित एकता सन्देश सभामा सम्बोधन गर्दै उनले भने, “अब हामी नेपाली कम्युनिस्ट पार्टीमा आएका छौं। यो पार्टी अब नेता प्रधान होइन, नीति प्रधान पार्टी बनि अघि बढ्ने छ।”
खनालले नेकपा एमालेलाई नेता प्रधान पार्टीको उदाहरण दिँदै भने, “नेकपा एमाले एउटा नेताको वरिपरि घुम्ने पार्टी बनिरहेको छ। त्यसकारण त्यो पार्टीको अधोपतन अनिवार्य छ, केही क्षणको मात्र कुरा हो।” उनले स्पष्ट पार्दै भने कि, नेपाली कम्युनिस्ट पार्टीले अब केवल नेतृत्वको वरिपरि घुम्ने पार्टी बन्न चाहदैन, बरु नीति र सिद्धान्तलाई प्राथमिकतामा राखेर अघि बढ्नेछ।


