कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ–२७ कान्तिपथमा बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटरचालक ओखलढुंगा लिखु गाउँपालिका–९ का ३४ वर्षी य सन्तोष खड्का गम्भीर घाइते भएका थिए । उनको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

साथै, सोही दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा र एकको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: बिहिबार, मंसिर ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय