काठमाडौँ । आजको नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुन ४ सय रुपैयाँले घटेर २ लाख ४८ हजार ४ सय रुपैयाँमा झरेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने ६० रुपैयाँले बढेर ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


