करिब ६ लाखको धनमाल चोरी

काठमाडौँ । काठमाडौँको टोखाबाट करिब ६ लाख बराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–३ सूर्यदर्शन हाइट स्थित प्रकाश श्रेष्ठको डेराबाट ५ लाख ८४ हजार बराबरको गहना र नगद चोरी भएको हो ।

श्रेष्ठ नुवाकोटको शिवपुरी गाउँपालिका–७ का स्थानीय हुन् । सोमबार साँझ भएको सो चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरीमा संलग्न आरोपी पक्राउ परेका छैनन् ।

प्रकाशित: मंगलबार, मंसिर ०९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय