राष्ट्रपति पौडेलसँग साउदी राजदूत अबुहमिदको बिदाइ भेट

काठमाडौँ । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले आज राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार भेटवार्तामा नेपाल–साउदी अरब सम्बन्ध, आपसी सहयोग, तथा दुवै देशका साझा चासोका विभिन्न विषयमा छलफल भयो ।

राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत अबुहमिदलाई धन्यवाद ज्ञापन गर्दै भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित: मंगलबार, मंसिर ०९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय