काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव, मूल्यमा निरन्तर भइरहेको वृद्धि र मागमा आएको परिवर्तनका कारण आन्तरिक बजारमा समेत सुनको मूल्य लगातार उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,४७,००० पुगेको छ। चाँदीको भाउ पनि बढेर तोलामा रु ३,२०० कायम भएको छ।
हिजो सुन प्रति तोला रु २,४२,७०० र चाँदी रु ३,११५ मा कारोबार भएको थियो। एक दिनमै सुनमा रु ५,२०० र चाँदीमा रु ८५ को वृद्धि भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४,१४१ अमेरिकी डलर र उस्तै मात्राको चाँदी ५१ अमेरिकी डलर मा कारोबार भइरहेको छ।


