आज सुन चाँदी दुबै घट्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली सुन–चाँदी बजारमा पनि परेसँगै आज दुवै धातुको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु १,३०० ले घटेको छ भने चाँदीको मूल्य पनि रु ८५ ले घटेको छ।

आज एक तोला सुनको मूल्य रु २,४१,७०० तय गरिएको छ। त्यस्तै, चाँदी प्रतितोला रु ३,१०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने एक औँस सुन ४,०६२ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रकाशित: शुक्रबार, मंसिर ०५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय