जेन-जी युवा र एमाले झडप: प्रशासनद्वारा राति ८ बजेसम्म कर्फ्यू

काठमाडौँ । बारामा हिजोदेखि सुरु भएको झडप र प्रदर्शनबारे सुरक्षा परिषद्को आज विशेष बैठक बसेको छ।

बैठकमा सुरक्षा चुनौती, आगामी रणनीति, र सुरक्षा अवस्था समिक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले घटनाको विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

हिजो बारामा जेन-जी युवा र एमाले कार्यकर्ताबीच झडप भएपछि आज सिमरामा पुनः प्रदर्शन भएको थियो।

प्रदर्शन नियन्त्रणका लागि प्रशासनले आज राति ८ बजेसम्मको कर्फ्यू आदेश जारी गरेको छ।

प्रकाशित: बिहिबार, मंसिर ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय