आज एमाले सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा सरकारका हालका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी तथा समसामयिक राजनीतिक विषयहरूबारे विस्तृत छलफल भइरहेको छ।

एमालेले अघि सारेको संसद् पुनःस्थापनाको प्रस्तावबारे पनि बैठकमा महत्त्वपूर्ण चर्चा हुने बताइएको छ। त्यस्तै, बारामा एमाले नेताहरूलाई जान रोकेको घटनाबारे पनि सचिवालयले मूल्यांकन र रणनीतिमाथि विचार–विमर्श गर्ने कार्यक्रम रहेको छ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछिको यो पहिलो सचिवालय बैठक हो, जसलाई पार्टीभित्र विशेष रूपमा अर्थपूर्ण मानिएको छ।

प्रकाशित: बिहिबार, मंसिर ०४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय