काठमाडौँ । दाङको गढवा गाउँपालिकाका किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ६९ लाखभन्दा बढि मूल्यको धान खरिद गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही कात्तिक २४ देखि २८ गतेसम्म ८० जना किसानको ६९ लाख २७ हजार छ सय २० रूपियाँ मूल्यको दुई हजार क्वीन्टल धान खरिद गरेको सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभएको ।
जिल्ला प्राथमिक खरिद समिति दाङले तोकेअनुसार गढवा गाउँपालिकामा किसानसँग धान खरिद गरिएको बताउनुभयो ।


