काठमाडौँ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत राजनीतिक दलहरूले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र लिन आज अन्तिम दिन हो। आयोगले तोकेको समय आज साँझ कार्यालय समयपछि सकिनेछ।
यस अवधिमा धेरै नयाँ दलहरूले दर्ता गरिसकेका छन्। बाँकी दलहरूले आजै प्रमाणपत्र प्राप्त गर्ने छन्। निर्वाचन आयोगका अनुसार हालसम्म आधिकारिक दलको संख्या १२६ पुगेको छ र आज टुंगो लाग्नेछ।
त्यसैगरी, मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निवेदन दिन सकिनेछ।


