पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टीतेलमा ३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेको निगमले जनाएको छ। तर उपभोक्ताको हितलाई ध्यानमा राख्दै नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र वृद्धि गरेको स्पष्ट गरेको छ।

नयाँ मूल्य लागू भएपछि पहिलो वर्गका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेल प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा पर्नेछ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल १६० रुपैयाँ र डिजेल/मट्टीतेल १४६ रुपैयाँ कायम भएको छ।
तेस्रो वर्गका काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ तथा डिजेल/मट्टीतेल १४७ रुपैयाँ पर्नेछ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।

प्रकाशित: आइतबार, कार्तिक ३०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय