७७ जिल्लामा आज एमालेको जनप्रदर्शन, मंसिर ६ मा काठमाडौंमा वृहत सभा

काठमाडौँ । नेकपा एमालेले आज (शनिबार) देशभरका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा आयोजना गर्दैछ। पार्टीले प्रतिगामी षड्यन्त्रविरुद्ध र संसद पुनःस्थापनाको मागसहित देशव्यापी अभियान सुरु गरेको हो ।

एमालेका अनुसार भदौ २४ पछि उत्पन्न राजनीतिक घटनाक्रम, असंवैधानिक रूपमा गरिएको संसद विघटन तथा आगामी कार्यक्रमबारे जनतालाई जानकारी दिनका लागि यो जनप्रदर्शन आयोजना गरिएको हो। यसअघि, एमालेले मंगलबार देशभरका ७५३ स्थानीय तहमा तथा कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला सम्पन्न गरेको थियो ।

घोषित तालिकाअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौंमा वृहत जनप्रदर्शन र सभा गर्ने तयारी गरेको छ ।

प्रकाशित: शनिबार, कार्तिक २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय