गगन थापाद्वारा मंसिर २७–२८ मा विशेष महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा उठेको आन्तरिक मतभेदबीच विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रस्ताव पेस गरेका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्न नमानपछि थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन बोलाउनुपर्ने मत राखेका हुन्।

यसअघि थापाले १८ कात्तिकमा १६–१९ पुसभित्र नियमित महाधिवेशन गर्ने तालिका प्रस्तुत गरेका थिए। तर संस्थापन पक्षले सहमहामन्त्री महेन्द्र यादवमार्फत २७–२९ वैशाखमा महाधिवेशन गर्ने वैकल्पिक प्रस्ताव ल्याउँदै उनको योजनालाई अस्वीकार गरेको थियो।

यद्यपि केन्द्रीय कार्यसमितिले बहुमतले निर्णय लिएर नियमित महाधिवेशन रोके पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिसकेकाले त्यसलाई रोक्ने वैधानिक अधिकार पार्टीसँग छैन। कांग्रेस विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने अनिवार्य व्यवस्था छ।

५४ प्रतिशत प्रतिनिधिले असोज २९ मै विशेष महाधिवेशन माग गर्दै लिखित निवेदन दिएका छन्, जसका कारण थापाको प्रस्तावलाई बलियो वैधानिक आधार मिलेको छ।

प्रकाशित: शुक्रबार, कार्तिक २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय