Warning: Undefined variable $site_name in /home/epkhabar/public_html/wp-content/themes/EpKhabar-namuna-2025/functions.php on line 243

Warning: Undefined variable $site_name in /home/epkhabar/public_html/wp-content/themes/EpKhabar-namuna-2025/functions.php on line 246
विद्यालय र सिकाइ केन्द्रको जग्गाको विवरण खोज्दै मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालय र सिकाइ केन्द्रहरूको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन सुरु गरेको छ।

विद्यालयको जग्गा दुरुपयोग तथा हिनामिना भएको गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका अनुसार, विभिन्न जिल्लाबाट विद्यालय र सिकाइ केन्द्रको जग्गा हिनामिना भएको जानकारी प्राप्त भएपछि त्यसको यथार्थ अवस्था पत्ता लगाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिइएको हो।

मन्त्रालयले केन्द्रमार्फत देशभरका विद्यालयहरूलाई आफ्नो नाममा रहेको जग्गाको विवरण, त्यसको हालको भोगचलनको अवस्था, र जग्गासम्बन्धी कुनै समस्या भए सो समेत खुलाएर पठाउन निर्देशन दिएको छ।

सरकारी तथ्याङ्कअनुसार, हाल नेपालमा कुल ३५ हजार ४४७ विद्यालय सञ्चालनमा छन्, जसमध्ये करिब ७३ प्रतिशत सामुदायिक विद्यालय हुन्। यही ठूलो संख्याका विद्यालयहरूको सम्पत्ति संरक्षण गर्न यो अभियान सुरु गरिएको हो।

प्रकाशित: बुधबार, कार्तिक २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय