७५३ वटै पालिकामा आज एमालेको शक्ति प्रदर्शन कार्यक्रम

काठमाडौँ । नेकपा एमालेले आज ७५३ वटै पालिकामा जनसभा गर्दैछ ।

संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्र्थापानाका लागि भन्दै जनपरिचालनलाई तीव्रता दिएको एमालेले आज पालिका तहमा प्रदर्शन केन्द्रित गरेको हो प्रदर्शन बिहान ७ बजेदेखि नै सुरू भएको र यो क्रम साँझ पाँच बजेसम्म रहने एमालेले जानकारी दिएको छ ।

पालिका तहको प्रदर्शनका लागि एमाले महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन दिएका थिए।

त्यहीअनुसार आज बिहानैदेखि पालिका तहमा प्रदर्शन, भेला र अन्तरक्रिया भइरहेको एमालेले जानकारी दिएको छ । एमालेले कात्तिक २२ गते वडा तहमा जनप्रदर्शन गरेको थियो ।

अब जिल्ला तहमा कात्तिक २९ गते हुनेछ भने काठमाडौंमा मंसिर ६ गते व्यापक जनप्रदर्शन गर्ने एमालेले बताएको छ।

प्रकाशित: मंगलबार, कार्तिक २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय