२०८२ सालमा सबैभन्दा बढी कमाइ गरेको फिल्म: ‘जेरी अन टप’

काठमाडौँ ।  अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ २०८२ सालमा (कात्तिकसम्म) सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ ।

२६ बैशाखमा रिलिज भएको विपिन कार्की स्टारर ‘ऊनको स्विटर’को कूल ब्यापारलाई उछिन्दै सुयोग गुरुङ निर्देशित पर्वतीय ड्रामाले उत्कृष्ट कमाइ गरेको हो ।

शुक्रबार मध्यान्हसम्म सिनेपाः बक्सअफिसमा ‘जेरी अन टप’ को कमाइ ११ करोड ५३ लाख नेरु ग्रस छ । ‘ऊनको स्विटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख नेरु ग्रस थियो ।

चलचित्र विकास बोर्डले कलेक्सनको पुष्टि गरेको छ ।

प्रकाशित: सोमबार, कार्तिक २४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय