संसदीय विघटितको लागी एमालेले बोलायो दलको बैठक

काठमाडौँ । देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ।

विकसित असामान्य र जटिल राजनीतिक परिस्थितिको लोकतान्त्रिक तथा संवैधानिक निकासका लागि छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनका अनुसार बैठक आगामी मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ।

प्रकाशित: सोमबार, कार्तिक २४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय