चीनले अमेरिकातर्फ दुर्लभ खनिज निर्यात प्रतिबन्ध फुकुवा

काठमाडौँ । चीनले अमेरिकातर्फ दुर्लभ खनिज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईका अनुसार आइतबारदेखि नै लागू हुनेगरी चीनले प्रतिबन्ध फुकुवा गरेको हो।

चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ग्यालियम, जर्मेनियम र एन्टिमोनी जस्ता खनिज पदार्थको निर्यातमा लगाइएका प्रतिबन्धलाई आजैदेखि हटाइने र यस व्यवस्था सन् २०२६ नोभेम्बरसम्म लागू रहने जानकारी दिएको छ। यी सामग्रीहरूमा चीनले सन् २०२४ देखि प्रतिबन्ध लगाएको थियो।

यस्तै, दुर्लभ पृथ्वी खनिज तथा लिथियम ब्याट्री सामग्रीमा लगाइएका अतिरिक्त नियन्त्रणहरू चीनले केही दिनअघि (शुक्रबार) नै स्थगित गरिसकेको थियो। तर, अमेरिकी सैन्य प्रयोजनमा प्रयोग हुने वा दोहोरो उपयोग (Dual-use) हुनसक्ने वस्तुहरूको निर्यातमा भने पूर्ववत् प्रतिबन्ध यथास्थितिमा रहनेछ।

प्रकाशित: सोमबार, कार्तिक २४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय