जनमतको सम्मान गर्दै अघि बढ्ने सरकारको प्रतिबद्धता : गृहमन्त्री अर्याल

काठमाडौँ ।  गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

गृहमन्त्री अर्यालले भनेका छन्, “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ ।”

प्रकाशित: आइतबार, कार्तिक २३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय