दक्षिण कोरियामा सूचना तथा सञ्चार प्रविधि मन्त्री खरेलसँग ‘नेपाली समुदायको साक्षात्कार कार्यक्रम’ हुने

काठमाडौँ । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलसँग दक्षिण कोरियामा ‘नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आगामी साता आयोजना हुने भएको छ। नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको आयोजनामा हुन लागिरहेको उक्त कार्यक्रम नोभेम्बर १४ (शुक्रबार) का दिन सुवनस्थित सराक एभरेस्ट रेस्टुरेन्टको सभा हलमा साँझ ७ बजे सुरु हुने शाखाले जनाएको छ।

कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपाली समुदायले मन्त्रीसँग प्रत्यक्ष संवाद, विचार आदान–प्रदान तथा सरोकारका विषयमा प्रश्न–उत्तर सत्र गर्ने अवसर प्राप्त गर्ने आयोजकहरूले बताएका छन्।

प्रकाशित: आइतबार, कार्तिक २३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय