युएईसामु नेपालद्वारा २४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आईसिसी विश्व क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन र कुशल मल्लले ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।

यूएईका ध्रुव पराशरले १० ओभरमा २८ रन दिएर २ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ३६ रन दिएर २ विकेट लिए । मुहम्मद जवादुल्लाहले पनि २ विकेट लिँदा जाहिद अलीले १ विकेट लिए ।

प्रकाशित: बुधबार, कार्तिक १९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय