कांग्रेस केन्द्रीय समिति बैठक पुनः स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ।

आइबतार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो।

बैठक अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने बताइएकाे छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज धोविघाटमा पदाधिकारी बैठक राखेका थिए। उक्त बैठकमा पनि महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो।

प्रकाशित: आइतबार, कार्तिक १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय