१५ दिनभित्र माग पूरा गर्ने प्रतिवद्धतासँगै बञ्चरेडाँडामा सहमति

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज बिहान नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा पुगेर सहरी विकासमन्त्री घिसिङले स्थानीय बासिन्दाको माग १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । याेसँगै त्यहाँका स्थानीयवासी काठमाडौँको फोहोर फाल्न दिन सहमत भएका छन्।

चार दिनदेखि आन्दोलनरत पीडित स्थानीयले अनिश्चितकालका लागि फोहोर फाल्न रोक लगाएका थिए । साेही समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए ।

प्रकाशित: आइतबार, कार्तिक १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय