लगातारको वर्षापछि आज साँझदेखि मौसम सुधार हुने सम्भावना

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएको छ। तर, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने सम्भावना रहेको छ।

हाल कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहँदा बाँकी प्रदेशहरूमा सामान्य बदली देखिएको छ। दिउँसोसम्म कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा हुने सम्भावना छ भने कोशी, मधेस र वाग्मती प्रदेशका केही ठाउँहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्नेछ।

भारी वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा सर्वसाधारण, किसान, यात्रु तथा सवारीचालकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: शुक्रबार, कार्तिक १४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय