बोल्दै गर्दा निधन भए जिफन्ट उपाध्यक्ष, सबैलाई स्तब्ध पार्ने घटना

काठमाडौँ । रुपन्देहीमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दै गर्दा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको आकस्मिक मृत्यु भएको छ।

अचानक बेहोस भएका गौतमलाई उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो, जहाँ अस्पतालले उनको मृत्यु भएको पुष्टि गरेको छ।

गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा आयोजित बैठकको क्रममा संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने तयारीमा थिए। धर्ना कार्यक्रममा बोल्दै उनले मजदुरमाथि भएको अन्यायको विषय उठाउँदै केही आक्रोशित मुद्रामा आफ्ना विचार राखेका थिए। उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए।

प्रकाशित: बिहिबार, कार्तिक १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय