विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल टस जितेर पहिला ब्याटिङमा

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङ रोजेका हुन्।

सिरिजअन्तर्गत नेपाल र यूएई दुवैले आज आफ्नो दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए — नेपाल १०६ रनले र यूएई ४ विकेटले।

नेपाल आजको खेलमा जित निकाल्दै लिगमा पुनरागमन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

प्रकाशित: बिहिबार, कार्तिक १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय