काठमाडौँ । जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
गम्भीर घाइते भएकी मेलाली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिएका छन्।
अन्य घाइतेको अवस्था मध्यमदेखि गम्भीर भएकाले उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीको भनाइ छ।


