माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुने

काठमाडौँ । सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबार निर्वाचन गर्ने निर्णय गरेको छ।

आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचनसम्बन्धी निर्णयसहित पाँचवटा निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

बैठकले नेपाल र मौरिसेसबीचको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ परिमार्जन गर्ने, स्वकीय सचिवालयको दरबन्दी घटाउने, र छापाखाना तथा प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सञ्चारमन्त्री खरेलले अनलाइन दर्ता तथा नवीकरणसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भएपछि लागू हुने पनि स्पष्ट गर्नुभयो।

यसैगरी, कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७–२० गते हुने औपचारिक भ्रमण स्वीकृत गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

प्रकाशित: बुधबार, कार्तिक १२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय