विद्युत क्षेत्रका सहकार्यमा मन्त्री घिसिङ र भारतका मन्त्री खट्टर भेटे

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच बुधबार औपचारिक भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance – ISA) को आठौं महासभामा भाग लिन नयाँ दिल्ली आएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्टरबीच भेट भएको हो।

विद्युत मन्त्रमालयमा भएको छलफलमा नेपाल–भारतबीचको ऊर्जा सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति, र दुवै देशबीच दीर्घकालीन ऊर्जा साझेदारीका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

भेटवार्तामा भारतका लागि नेपालका राजदूत शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमको उपस्थिति रहेको थियो।

प्रकाशित: बुधबार, कार्तिक १२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय