काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। रास्वपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार र सबै राजनीतिक दलबीच समन्वय आवश्यक रहेको बताए।
अर्यालले भने, “अहिले व्यवस्थाको स्वरूपमा बहस गर्नु आवश्यक छैन। यही संविधानभित्र रहँदै संघीयतालाई अझ प्रभावकारी र सबल बनाउनु पर्दछ। संविधान कार्यान्वयनका पक्षमा बहस गर्नुपर्ने बेला आएको छ। हामीले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिसकेका छौँ।”


